सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ

बिहीबार, १८ फागुन २०७९, १३ : २२
बिहीबार, १८ फागुन २०७९

मोरङ । मोरङमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको नगद ७ लाख २० हजार भारतीय रुपैयाँसहित उनीहरूलाई  बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा भारत हरियाणा बहादुरगंज बस्ने ३० वर्षीय सन्नी गुप्ता र सोही ठाउँ बस्ने ४३ वर्षीय सुरेन्द्र कुमार रहेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रुपैयाँसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप