आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता अरशद वारसीमाथि सेबीले लगायो रोक, किन ?

बिहीबार, १८ फागुन २०७९, १३ : ४२
बिहीबार, १८ फागुन २०७९

फिल्म अभिनेता अरशद वारसी र उनकी श्रीमतीमाथि सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया अर्थात् सेबीले रोक लगाएको छ । 

यो प्रतिबन्ध सेयर पम्प र डम्प प्रकरणसँग सम्बन्धित छ । ‘सेयर पम्प एण्ड डम्प’ भन्नाले शेयरको मूल्य बढाउने वा घटाउने उद्देश्यले गलत सूचना दिनु हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार सेबीले ३१ कम्पनी र फर्मलाई प्रतिबन्ध लगाएको छ । जसमा अर्शद वारसी, उनकी पत्नी मारिया गोरेटी र साधना ब्रोडकास्टसँग सम्बन्धित  प्रवर्तकहरू पर्छन् ।

लगानीकर्ताले शेयर किनुन् भनेर ती व्यक्तिहरूले युट्युबमा गलत सूचनासहितको भिडियो अपलोड गरेको आरोप छ ।

यसबाट अर्शद वारसीले करिब २९ लाख र उनकी श्रीमतीले ३७ लाख रुपैयाँ नाफा कमाएको सेबीले जनाएको छ ।

यसबारे सेबीमा धेरै गुनासो आएको थियो । लगानीकर्तालाई लुकाउन गलत सूचनासहितको भिडियो युट्युबमा अपलोड गरिएको उजुरीमा उल्लेख छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप