मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
विश्वकप लिग-२

यूएईले दियो नेपाललाई २०८ रनको लक्ष्य

बिहीबार, १८ फागुन २०७९, १५ : १७
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनायो । 

यूएईका लागि आसिफ खान र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । आसिफले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए ।  

त्यस्तै ७६ बल खेलेका मुस्तफाले २ चौकाको सहयोगमा ५२ रन बनाए । 

यूएईका आर्यन लाकरले २८ रन बनाउँदा चन्दकोपियल रिजवानले २२ रनको योगदान गरे । 

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए । 

आजको खेलमा नेपाल जित निकाल्दै लिग–२ मा आफूलाई बलियो बनाउने योजनामा छ । नेपाललाई विश्वकप छनोट हुन अब बाँकी ६ खेलमा जित निकाल्न आवश्यक छ । 

नेपालले एकदिवसीय मान्यता प्राप्त गर्न अब चार खेल जित्न आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप