आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनालाई एक लाख उपहार

बिहीबार, १८ फागुन २०७९, १६ : ४८
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनाले एक लाख रुपैयाँ जितेका छन् । रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाइरहेका छन् । 

भीमसेन थापा गाउँपालिका–२ का रामजीप्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका–४ का राजेन्द्र भण्डारीले एक लाख रुपैयाँ जितेका हुन् । डिशहोमको तर्फबाट सेल्स अफिसर  मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका छन् । लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप