आईसीसी विश्वकप
कुशलको अर्धशतक पूरा
बिहीबार, १८ फागुन २०७९, १७ : ०४
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएईविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक पूरा गरेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि कुशलले अर्धशतक पूरा गरे ।
कुशलले ४२ बल खेल्दै ८ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरे । नेपालले १६ औं ओभरको समाप्तिमा ५ विकेट गुमाएर ८४ रन बनाएको छ ।