सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इलम पोखरी लिपे-दाम्राङ ‘भेडीगोठ सेल्टर’ ट्रेकिङ रुटको विकास गरिने

बिहीबार, १८ फागुन २०७९, १८ : ०१
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिका अत्यन्तै सम्भावना भएको क्षेत्र हो । केही दिनको क्याम्पिङ ट्रेकका लागि अत्यन्तै उपयुक्त गन्तव्यको रूपमा यस गाउँपालिकाभित्र अनेकौँ स्थानहरू छन् । 

यसै सम्भावनालाई मध्ये नजर गर्दै दोर्दी गाउँपालिकाले इलम पोखरी-लिपे-दाम्राङ ‘भेडिगोठ सेल्टर’ ट्रेकिङ रुटको रूपमा विकास गर्ने भएको हो । 

नौथरसेराबाट शुरू भएर इलमपोखरी, लिपे लेकहुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने उक्त ट्रेकिङ रुटमा ४ दिनको ट्रेक गर्न सकिने गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

यस्तै, नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँने नौथर शेरा गरी अर्को ८ दिनको ट्रेकैङ रुटको समेत विकास गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुबार वा पिसहिल तर्फबाट बेशिशहर झर्नेगरी अर्को ११ दिनको ट्रेकिङ रुटको समेत गाउँपालिकाले विकास गरेको छ । 

दोर्दी गाउँपाकिकामा नै पर्ने ७८८३ मिटर अग्लो मिमालचुलि हिमाल लिपेको सिधै अगाडि देखिने र सो हिमाल आरोहणको सम्भावनाको खोजी समेत गाउँपालिकाले गरिरहेको अध्यक्ष अधिकारीले जनाकारी दिए । 

गाउँपालिका भित्र पहिचान गरिएका ४ दिने, ८ दिने र ११ दिने ट्रेकिङ रुटमा बीचबीचमा रहेका खर्कहरुमा रहेका भेडी गोठहरुलाई सेल्टरको रूपमा विकास गर्ने योजना गाउँपालिकाले ल्याएको छ । ट्रेकिङमा जानेहरुका लागि बासका साथै हावा हुरी र खराब मौसमबाट जोगाउन भेडिगोठ सेल्टर उपयुक्त हुने उनको भनाइ छ ।

dordi 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप