मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपका लागि छनोट भएकोमा अन्डर–१९ टोलीलाई प्रधानमन्त्रीको बधाई

बिहीबार, १८ फागुन २०७९, १८ : २९
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली अन्डर–१९ क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले टिमलाई बधाई दिँदै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्‍याएको योगदानको उच्च प्रशंसा समेत गरेका हुन् ।

बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।  नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप