मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एभिनियर क्यामरुन बुढासुब्बा गोल्डकपको फाइनलमा

बिहीबार, १८ फागुन २०७९, १८ : ४१
बिहीबार, १८ फागुन २०७९

धरान । क्यामरुनको एभिनियर फुटबल क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज धरान रंगशालमा भएको खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै एभिनियर फाइनलमा प्रवेश गरेको हो । 

एभिनियरका लागि टिम्बाले एक गोल गरे भने मोरङले एक गोल आत्मघाती गर्‍यो । एभिनियर एफसीका प्रशिक्षक अशोक थापा मगरले टिमले राम्रो खेलेको बताए । उनले फाइनलमा उपाधि जित्ने गरी तयारी गर्ने र उपाधि जित्ने दाबी समेत गरे । मोरङका प्रशिक्षक रानु राना मगरले युवा खेलाडी विदेशी टिमसँग राम्रै खेलेको बताए । 

खेलको म्यान अफ द म्याच क्यामरुनका जर्सी नं. १८ का डिन घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको फाइनल खेल यही फागुन २० गते धरान रंगशालामा हुनेछ । एभिनियरले काँकडभिट्टा ट्रेनिङ सेन्टरसँग शनिबार फाइनल खेल्नेछ । 

प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिएको छ । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग बियरले मुख्य प्रायोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप