आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहिद स्मारक लिग आजबाट सुरु हुँदै : पहिलो खेलमा फ्रेण्ड्स र खुमलटारबीच प्रतिस्पर्धा

शुक्रबार, १९ फागुन २०७९, ०६ : ४६
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । आजबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । पहिलो खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच दशरथ रङ्गशालामा  प्रतिस्पर्धा हुनेछ । 

लिगको उद्घाटन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ ।

लिग डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइने छ भने च्यासल रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि खेल हुनेछन् ।

लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल तथा टिकटिङ अधिकारहरू एमडिसी एसी स्पोर्टस लिमिटेडसँग सम्झौता भइसकेको छ। खेलहरू स्पेस फोर के टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन् । 

गत पुस १४ एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति भए अनुसार आजबाट खेल सुरु हुन लागेको हो ।

लिगमा सङ्कटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब,  त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मस्याङदी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टिम बिच यसपटक भिडन्त हुनेछ  । 

एन्फाले क्लबलाई लिगको तयारी खर्च २५ दाख रुपियाँ दिने निर्णय यस अघि नै गरे अनुसार क्लबले अनुदान पाइसेका छ । 

यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप