सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुकुम्वासी बस्तीमा नगर प्रहरी प्रमुखलाई आक्रमण गर्ने दुई जना पक्राउ

शुक्रबार, १९ फागुन २०७९, १० : ४६
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुकुम बहादुर लामा र नारायण परिश्रमिक छन् । नारायणलाई सुनसरीबाट र हुकुम बहादुर लामालाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।

मङ्सिर १२ मा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन खोज्दा उनीहरूले ढुंगामुढा गरेका थिए । महानगरपालिकाको प्रहरी टोलीलाई  घरेलु हतियार सहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीलेहरुले आक्रमण गर्दा पाण्डे सहितका प्रहरी घाइते भएका थिए ।

महानगरपालिकाले दिएको जाहेरीका आधारमा प्रहरीले अरोपीहरुविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप