आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब नारायणी पुल झिलिमिली

शुक्रबार, १९ फागुन २०७९, १४ : १६
शुक्रबार, १९ फागुन २०७९

चितवन । भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर’ अभियान अन्तर्गत चितवनको नारायणगढस्थित नारायणी पुलमा स्मार्ट बत्ती जडान गरेको छ ।  बिहिबार साँझ महानगरकी मेयर रेणु दाहालले बत्ती बालेर स्मार्ट बत्तीको उद्दघाटन गरेकी हुन् । गत जेठमा हावाहुरीले पूलमाथि राखिएका पोलहरु ढलेका थिए ।  भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त पहलमा पुलमा १४ वटा पोल राखेर स्मार्ट बत्ती जडान गरेका हुन् । 

renu dahal

पोलमा राखिएका बत्ती डिजिटल माध्यमबाट बाल्न र निभाउन मिल्छ । पुलमाथि बत्ती बलेसँगै रातको समयमा स्थानीय एवं बाह्य सर्वसाधरणलाई ओहोर दोहोर गर्न सजिलो भएको छ ।  पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैंडाकोट नगरपालिकाको गैंडाकोट जोड्दछ । भरतपुर महानगरले पहिलो चरणमा ७८.१ किलोमिटर र दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप सडक बत्ती राख्ने तयारी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप