सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सामाखुसीबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, १९ फागुन २०७९, १५ : २९
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रबार बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोरखा आरुघाट गाउँपालिका–५ घर भई  हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २७ वर्षीय कृष्णबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएका गुरुङ त्यसयता फरार थिए ।

उनलाई प्रहरीले काठमाडौँको सामाखुसीबाट पक्राउ गरेको हो । उनले सिटिजन्स बैंक लिमिटेडको नाममा दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई जिल्ला अदालत ललितपुरको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु पठाइएको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप