सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट पहिलोपटक कलेजो प्रत्यारोपण

शुक्रबार, १९ फागुन २०७९, १५ : ३६
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । मानव अंग प्रत्यारोपण केन्द्रले (ब्रेन डेथ) मस्तिष्क मृत्युपछि गरिएको अंगदानबाट कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको छ । अस्पतालले शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी ब्रेन डेथपछि गरिएको अंगदानबाट दुई जनाको मिर्गौला प्रत्यारोपण र एक जनामा कलेजो प्रत्यारोपण गरिएको अस्पताल कार्यकारी निर्देशक मिर्गौला रोग विशेषज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

यही फागुन १६ गते ४७ र ३५ वर्षीय दुई पुरुष र ६८ एक वर्षीय पुरुषमा कलेजो मिर्गौला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । मस्तिष्क मृत्यु भएकी एक किशोरीबाट प्रत्यारोपण मिर्गौला प्रत्यारोपण रुपन्देहीका ४७ वर्षीय पुरुष र सिराहका ३५ वर्षीय रहेका छन् । यस्तै,कलेजो प्रत्यारोपण ललितपुरका ६८ वर्षीय पुरुषमा प्रत्यारोपण गरिएको हो । निर्देशक डा.श्रेष्ठले ब्रेन डेथबाट पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको पत्रकार सम्मेलनमा बताए । केन्द्रले यसअघि ब्रेन डेथ भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण गरिसकेको छ ।

गाडेर खोर वा जलेर खरानी हुने अंगलाई दान गर्न सके एक जनाको ब्रेन डेथबाट ८ जनाले नयाँ जीवनदान पाउन सक्ने उनले बताए । एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अङ्गहरूमा २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुटु, १ प्याङ्क्रियाज, १ सानो आन्द्रा, लगायत गरी ब्रेन डेथपछि बचाउन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप