सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ग्रीनसिटी हस्पिटलले गर्‍यो तिस किलोभन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन

शुक्रबार, १९ फागुन २०७९, १६ : २१
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । ग्रीनसिटी हस्पिटलले तिस किलोभन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ ।

अस्पताले माघ ५ गते ताप्लेजुङ स्थायी घर भइएकी हाल भत्तपुरमा बस्ने ४९ वर्षीया रिता शेर्पाको तिस किलोभन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको हो । 

अस्पतालले आर्थिक रूपमा कमजोर रहेकी शेर्पालाई निःशुल्क अप्रेशन गरी नयाँ जीवन दिएको छ । अस्पताले टयुमरको अप्रेशनको लागि पाँच लाख बढी खर्च गरेको र बाहिर अप्रेशन गर्नुपरे आठ लाख बढी खर्च लाग्ने बताएको छ । 

अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको अप्रेशनहरु निःशुल्क रूपमा गर्दै आएको छ । अप्रेशन अघि शेर्पाको पेटमा तीस केजीको भारीले हिँड्न नमिल्ने, खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा अहिले सफल अप्रेशनपछि सामान्य अवस्थामा आएको जनाएको छ । 

शेर्पाको अप्रेशन गर्ने अस्पतालकी डा.रुपा झाले बिरामीको तत्काल अप्रेशन गर्दा स्वास्थ्यमा अन्य धेरै जटिल समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न चेकजाँच गरी अप्रेशन सफलतापूर्वक गर्न सफल भएको बताइन् । उनले अप्रेशन गर्न साधारण अवस्था नभए पनि सफलताका साथ गर्न सफल भएको भन्दै खुसी व्यक्त गरिन् । 

अस्पतालले जटिल प्रकृतिका रोगको निःशुल्क उपचार गर्नको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप