सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फर्मास्युटिकल एसोसिएसनको निर्वाचन शनिबार हुने

शुक्रबार, १९ फागुन २०७९, २० : ५९
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । नेपाल फार्मास्युटिकल एसोसिएसनको २३ औं कार्यसमितिका लागि फागुन २० गते शनिवार निर्वाचन हुने भएको छ । नयाँ कार्यसमितिका लागि हालका महासचिव ललितमोहन पन्त र यसअघि अध्यक्षमा पराजित रोभसकुसुम सुवेदीबीच प्रतिस्पर्धा हुन लागेको हो । 

औषधी उत्पादक, व्यवसायी, प्राध्यापक तथा औषधीजन्य व्यवसायमा संलग्नहरुको साझा संस्था फर्मास्युटिकल एसोसिएसनको २३ औँ कार्यसमितिमा दुईवटा प्यानलबीच प्रतिष्पर्धा हुन लागेको हो । अध्यक्षका लागि प्राध्यापक ललितमोहन पन्त र व्यवसायी रोभसकुसुम सुवेदीले प्यानल नै बनाएर निर्वाचनमा जान लागेका छन् । 

अध्यक्षका प्रत्याशी पन्तको प्यानलबाट उपाध्यक्षमा अमृत गौरो, प्रदीप लम्साल र महिला उपाध्यक्षमा डा. रोनक श्रेष्ठ, महासचिवमा सञ्जीव शर्मा कट्टेल, सचिवमा केदारप्रसाद शाह, सानुकाजी श्रेष्ठ र विवेक श्रेष्ठ छन् भने कोषाध्यक्षमा गोपीना राई, सहकोषाध्यक्षमा निर्मलराज मरासिनी र प्रचार सचिवमा अनिश श्रेष्ठले उम्मेदवारी दिन लागेका छन् । 

त्यसैगरी सुवेदीको प्यानलबाट उपाध्यक्षमा बद्री केसी र देवानन्द शाह, महिला उपाध्यक्षमा संजिता बिष्ट, महासचिवमा धिरज रौनियार, सचिवमा विष्णु रेग्मी र सञ्जय चौधरी, कोषाध्यक्षमा राजन मानन्धर, सहकोषाध्यक्षमा सुशील नेपाल तथा प्रचार सचिवमा यज्ञराज बडूले निर्वाचनमा भाग लिँदै छन् । 

एसोसिएसनको निर्वाचनमा अन्य केही व्यक्तिहरुले पनि निर्वाचनमा भाग लिन लागेका छन् । स्वतन्त्र प्यानल भन्दै खडा भएको अर्को समूहको अध्यक्षमा फुलगेन शाह, उपाध्यक्षमा लक्ष्मी नारायण न्यौपाने, सचिवमा विष्णु प्रसाद कँडेल लगायतका व्यक्तिहरु छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप