सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा अशक्त र जेष्ठ नागरिकले निःशुल्क प्रवेश गर्न पाउने

शनिबार, २० फागुन २०७९, १० : ५६
शनिबार, २० फागुन २०७९

काठमाडौँ ।  सहिद स्मारक ए डिभिजन लिगका सम्पूर्ण खेलहरुमा अपाङ्ग तथा जेष्ठ नागरिकहरुका लागि निःशुल्क गर्ने भएको छ । लिग भइरहेका तीनवटै स्टेडियम प्रवेश पाउन अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने एमडीएसी स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले बताए ।

फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा खेल भइरहेका छन् । लिगको टिकटको मूल्य सामान्य प्याराफिटतर्फको रु. १०० र भीआईपी प्याराफिटतर्फको रु. ३०० तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप