आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भन्सार छली गरेर ल्याइएको ४ लाखभन्दा बढीको सामान प्रहरीको नियन्त्रणमा

शनिबार, २० फागुन २०७९, १६ : ५६
शनिबार, २० फागुन २०७९

जनकपुरधाम । धनुषा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको ४ लाखभन्दा बढीको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटेको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका विभिन्न किसिमका किराना समाग्रीहरू, लत्ताकपडाहरु र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बरामद गरिएको सामानहरुको ४ लाख २१ हजार १२० मूल्यांकन गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप