मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

थ्री स्टारमाथि एपीएफको जित

शनिबार, २० फागुन २०७९, १७ : ५८
शनिबार, २० फागुन २०७९

काठमाडौँ । विभागीय टोली एपीएफ फुटबल क्लबले सहिद स्मामर ‘ए’ डिभिजन लिगमा विजयी सुखद सुरुवात गरेको छ । शनिबार भएको खेलमा एपीएफले थ्री स्टारमाथि २­–० गोलको जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफको जितमा मनिकुमार लामा र अर्मान्ड विडोमले गोल गरे । खेलको ७२ औं मिनेटमा मनिकुमार लामाले फ्रिकिकमा गोल गर्दै एपीएफलाई अग्रता दिलाए ।

sahid-smarak (2)

खेलको ८७ औं मिनेटमा अर्माण्ड विनोङले गोल गर्दै एपीएफलाई जित दिलाए । जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ । पराजित थ्री स्टारले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

sahid-smarak (3)sahid-smarak (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप