मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बुढासुब्बा गोल्डकपको उपाधि एभिनियर क्यामरुनलाई

शनिबार, २० फागुन २०७९, २० : १०
शनिबार, २० फागुन २०७९

धरान । २३ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको एभिनियर फुटबल क्लबले जितेको छ । उपाधिसँगै एभिनियरले नगद १० लाख पुरस्कार हात पारेको हो । 

आज धरान रंगशालामा भएको फाइनल खेलमा झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) लाई १–० गोल अन्तरले पराजित गर्यो । उपविजेता भएको केएफटिसीले नगद ५ लाख पुरस्कार जितेको छ । पहिलो पटक बुढासुब्बा गोल्डकप खेलेको एभिनियरले उपाधि जित्दा तेस्रो पटकमा फाइनलमा पुगेको केएफटिसी उपविजेतामा सीमित बन्यो । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उच्च गोलकर्ता केएफटिसीका निशान लिम्बू घोषितहुँदै नगद २५ हजार पुरस्कार प्राप्त गरे । उनले प्रतियोगितामा ३ गोल गरेका थिए । त्यस्तै प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भएका थिए । उनीहरूलाई जनही नगद २५ हजार सहित मेडल र ट्रफ प्रदान गरिएको थियो । 

फाइनल खेलको म्यान अफ म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । ाइजिङ प्लेयर धरान फुटबल क्लबका १० हजार । प्रतियोगिताको राइजिङ प्लेयर धरान फुटबल क्लबका विनोद राई घोषित भए, उनलाई पनि नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । समापन समारोहका प्रमुख अतिथि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, धरान फुटबल क्लबका अध्यक्ष किशोर राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

एभिनियरका लागि विजयी गोल साब्बाले गरे । उनले कप्तान गिन्नीको पासमा उत्कृष्ट गोल गरेका थिए । अघिल्ला खेलमा खेलेका केएफटिसीका अधिकांश खेलाडी ए डिभिजन लिग खेल्न काठमाडौ गएकोले टिम कमजोर बनेको थियो । केएफटिसीले आफ्ना महत्त्वपूर्ण खेलाडीको अभाव टार्न ५ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो तर त्यसले पनि उसलाई उपाधि दिलाउन भने सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप