मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बुढासुब्बा गोल्डकपको उपाधि एभिनियरले जित्यो

शनिबार, २० फागुन २०७९, २० : ५५
शनिबार, २० फागुन २०७९

धरान । धरानमा जारी २३ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी फुटबल टिम एभिनियर जितेको छ । धरान १६ स्थित रङ्गशालामा आज सम्पन्न फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १-० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो ।

एभिनियरको जितमा सब्बा अलीले खेलको ६५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । विजेता टिमले नगद रु १० लाख र उपविजेता काँकडभिट्टाले पाँच लाख पुरस्कार पाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताको सबैभन्दा धेरै गोल गर्ने केएफटिसीका निशान लिम्बूले नगद रु २५ हजार पुरस्कार प्राप्त गरे। उनले प्रतियोगिताभर तीन गोल गरेका थिए । त्यस्तै प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भए । उनीहरुले जनही नगद रु २५ हजार प्राप्त गरे । 

फाइनल खेलको म्यान अफ म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित हुदैं नगद रु १० हजार पुरस्कार हात पारे । राइजिङ प्लेयरमा धरान फुटबल क्लबका विनोद राई घोषित भए । विजेता तथा उपविजेता खेलाीलाई प्रमुख अतिथि एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले पुरस्कार र मेटल प्रदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप