सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हिजनसँग विवाह गर्दै लोक गायिका भूमिका

आइतबार, २१ फागुन २०७९, १० : ५७
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । ‘स्टेज क्वीन’ को नामबाट चर्चित लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्न लागेकी हुन् ।

भूमिका र हिजनले केही समयको प्रेमलाई पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् । दुवैको  विवाह समारोह सोमबार सल्यानमा आयोजना हुँदैछ ।  विवाहमा दुबै तर्फका सीमित आफन्त र साथीभाइ सहभागी हुनेछन् ।

गायिका गिरीले ब्याचलर पार्टी शनिबार होटल सम्पदा गार्डेन लाजिम्पाटमा दिएकी थिइन् । जसको तस्बिर समेत उनले सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छन् । पार्टीमा मेकआर्टिस सरिजा प्रजापति, मोडल नारायणी खत्री, मोडल नानु गुरुङ, बिनी, श्रेया गुरुङ लगायतको सहभागिता थियो ।

 पार्टीको तस्बिर सार्वजनिक गरेपछि भने उनलाई सामाजिक सञ्जालबाट बधाई तथा शुभकामना मिलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप