सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘नौ डाँडा पारी २’ मा मल्लिका र अनुजको रोमान्स

आइतबार, २१ फागुन २०७९, ११ : ०३
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाले आफ्नो चर्चित गीत ‘नौडाँडा पारी’ को दोस्रो पार्ट ‘नौडाँडा पारी २’ ल्याएका छन् । टिका दहालको संगीत रहेको गीतमा एकजोडी प्रेमिकाको सम्झना र कल्पना समेटिएको छ । जसको शब्द गीतकार रमेश दाहालले लेखेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ । 

गीतको म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । चित्लाङ वरिपरिका रमणीय स्थानमा छायांकन भएको गीत भिडियोमा एक जोडी प्रेमीको प्रेम र रोमान्स समेटिएको छ ।  भिडियोमा बुद्ध थापाको छायाँकन, विकाश धमलाको सम्पादन छ । निकेश खड्काको निर्देशन रहेको भिडियो संगीतकार टिका दाहालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप