मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यूएईमाथि पीएनजीको सहज जित, नेपाललाई राहत

आइतबार, २१ फागुन २०७९, १६ : २५
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले घरेलु टोली यूएईमिथि सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा पीएनजीले यूएईलाई ५ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दुबईले दिएको ९८ रनको लक्ष्य पछ्याएको पीएनजीले २६ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

पीएनजीका लागि टोनी उराले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ यूएईका लागि रोहन मुस्तफाले दुई विकेट लिए । त्यस्तै जुनाइद सिद्धगी, जाहोर खान र आयान खानले एक–एक विकेट लिए ।

यसअघि पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा यूएईले ९८ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनायो ।

यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाए ।  आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए ।

पीएनजीका लागि राइलि हिरुकेले सर्वाधिक ५ विकेट हात पारे । जितसँगै पीएनजीको ३२ खेलमा ९ अंकका साथ पुछारमा छ । पराजित युएई ३१ खेलमा ३१ अंकका साथ पाँचौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप