बागबजारबाट ११ लाख जरिवाना ठहर भएका अर्याल पक्राउ
आइतबार, २१ फागुन २०७९, १७ : ३२
काठमाडौँ । बागबजारबाट बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । आइतबार जिल्लाको विराटनगर महानगरपालिका–१५ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ३५ वर्षीय आवास भन्ने आभाश अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले अर्याललाई बैंकिङ कसूरमा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसलगत्तै फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । अर्यालले २०७७ चैत ११ गते दिएको नविल बैंकको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई जिल्ला अदालत काठमाडौँको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।