सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियो निर्देशक शानले मोडल सुशीलासँग कसे लगनगाँठो

आइतबार, २१ फागुन २०७९, १८ : ३०
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । म्युजिक भिडियो निर्देशक शान थापा र मोडल सुशीला थापा विवाह बन्धनमा बाँधिएका छन् । शान र सुशीलाले आइतबार लगनगाँठो कसेका हुन् ।  

विगत दुई वर्षदेखिको प्रेम सम्बन्धलाई दुईले दाम्पत्य जीवनमा परिणत गरेका हुन् । उनीहरूको विवाहमा परिवारका केही सदस्य र सीमित साथीभाइको उपस्थिति रहेको थियो ।

शान म्युजिक भिडियो व्यस्त निर्देशक हुन्, भने सुशीलाले पनि थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् । सुशीलाले शानकै निर्देशक रहेको केही म्युजिक भिडियो समेत अभिनय गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप