आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई दुई स्वर्ण

आइतबार, २१ फागुन २०७९, १९ : ०८
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । नेपालले तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ ।

स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जित्यो ।

श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए । 

नेपालका लागि ९ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जिते । 

पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सीमित भए । मार्च ४ तारिखमा भएको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलंकासहित ५ राष्ट्रको सहभागिता रहेको थियो ।

नेपाली कराँते टोलीको नेतृत्व नेपाल कराँते महासंघ महासचिव एवं दक्षिण एशियाली वादोरियो कराँते महासंघका अध्यक्ष हरिशरण केसीले गरेका थिए । टिम व्यवस्थापकमा जेनिश पन्थी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप