सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जावलाखेलसँग हार्‍यो मछिन्द्र

आइतबार, २१ फागुन २०७९, २३ : १८
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । मछिन्द्र फुटबल सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ । साविक विजेता मछिन्द्र नयाँ सिजनको पहिलो खेलमा हार ब्यहोर्यको हो ।

आइतबार भएको खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३–१ गोल अन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेललाई जित दिलाउन हिसुब थपलिया, एनकोटो मोसाबी र कप्तान सिमान्त थापाले एक एक गोल गरे ।

मछिन्द्रका देवेन्द्र तामाङले एक गोल फर्काए । खेलमा मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो । जितसँगै जावलाखेलले पहिलो खेलमै ३ अंक जोडेको छ । मछिन्द्रले भने हारबाट लिगको सुरुआत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप