मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आइसीसी विश्वकप लिग–२ : युएईसँग भिड्दै नेपाल

सोमबार, २२ फागुन २०७९, ०६ : ५५
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दैछ । दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११: ४५ बजेबाट सुरु हुनेछ ।

नेपाल र युएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौ स्थानमा उक्लिने छ ।  सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सिमित हुनु परेको थियो ।

अंक तालिका अनुसार युएई पाँचौ तथा नेपाल छैटौँ स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप