फोटोफिचर
उपत्यकाको ट्राफिक चेकिङमा बिहानैदेखि कडाइ, तस्बिरहरू हेर्नुहोस्
सोमबार, २२ फागुन २०७९, १० : ३०
काठमाडौँ । होलीलाई मध्यनजर गरी काठमाडौँ उपत्यकामा प्रहरीले ट्राफिक चेकिङमा कडाइ गरेको छ । प्रहरीले ६६ ठाउँमा होली केन्द्रित चेक प्वाइन्ट राखेको हो ।
उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउन ६६ ठाउँमा चेक प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआईजी मिरा चौधरीले रातोपाटीलाई बताइन् । मादक पदार्थ सेवन गरेर मोटरसाइकल वा चारपांग्रे सवारी चलाएको भेटिए त्यस्ता सवारी होल्ड गरिने डिआईजी चौधरीले बताइन् । ट्राफिक प्रहरीले लागु पदार्थ सेवन गरेर सवारी चलाएकोबारे जाँच गर्न ‘मोबाइल टिम’ परिचालन गरेको छ । मोबाइल टोलीले उपत्यकामा आकस्मिक लागुपदार्थ सेवनबारे जाँच गर्नेछन् ।