मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महिला प्रिमियर लिगमा दिल्ली र यूपी विजयी

सोमबार, २२ फागुन २०७९, ११ : ०५
सोमबार, २२ फागुन २०७९

मुम्बई । पहिलो महिला प्रिमियर लिग (डब्लूपीएल) मा दिल्ली क्यापिटल्स र यूपी वारियर्सले जीत हासिल गरेका छन् । लिगको दोस्रो खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६० रनले पराजित गर्‍यो । दिल्लीले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लोरले ८ विकेटको क्षतिमा १ सय ६३ रन मात्र बनाउन सक्यो ।

बैंग्लोरका लागि कप्तान स्मृति मन्धानाले ३५ तथा हेदर नाइटले ३४ रन बनाइन् । दिल्लीका लागि टारा नोरिसले ५ तथा राधा यादवले २ विकेट लिइन् । यसअघि, कप्तान मेग ल्यानिङको ७२ तथा सेफाली वर्माको ८४ रनको मद्दतले दिल्लीले २ विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । दुवै विकेट नाइटले लिएकी थिइन् ।

उता, यूपी वारियर्सले गुजराजलाई ३ विकेटले पराजित ग¥यो । गुजरातले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य यूपीले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । यूपीको जीतमा किरन नाभगिरेले ५३ तथा ग्रेस ह्यारिसले ५९ रनको योगदान दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप