मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मैदान प्रवेश गरेको ४० सेकेन्डमा नै रातो कार्ड

सोमबार, २२ फागुन २०७९, ११ : ५७
सोमबार, २२ फागुन २०७९

रोम । मोइस किनले मैदानमा प्रवेश गरेको ४० सेकेन्डमा नै रातो कार्ड पाउँदा युभेन्टस रोमासँग पराजित भएको छ । किनलाई खेलको अन्तिम मिनेटमा मैदानमा पठाइएको थियो । तर, मैदान प्रवेश गर्ने बित्तिकै रोमाका जियान लुका मानचिनीलाई हिर्काएपछि उनले सिधै रातो कार्ड प्राप्त गरेका थिए ।

रोमाका डिफेन्डरले त्यसअघि टोलीका लागि गोलसमेत गरेका थिए । त्यही नै गोल खेलमा निर्णायक बन्यो । जीतसँगै रोमा लिगको चौथो स्थानमा उक्लिएको छ । युभेन्टस भने लिगको आठौँ स्थानमा खस्किएको छ ।  आइतबार नै भएको अन्य खेलमा इन्टर मिलानले लिसलाई २–० ले हराउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप