सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ढकालको उपन्यास जौवा विमोचन

सोमबार, २२ फागुन २०७९, १५ : २९
सोमबार, २२ फागुन २०७९

काठमाडौं । विष्णु ढकालको उपन्यास जौवा शनिवार विमोचन भएको छ । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लेखक विष्णु ढकाल, शिखा बुक्सका सञ्चालक पुुष्पराज पौडेल, समालोचक राजकुमार बानिया, चलचित्रकर्मी तेज गिरी, लेखक डा.विजय ज्ञवाली, समाजशास्त्री प्राध्यापक विमला भट्टराई लगायतबाट संयुक्त रुपमा विमोचन भएको हो । 

लेखक डा. ज्ञवालीले नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल उपन्यास रहेको बताए । समालोचक बानियाले उपन्यास आञ्चलिक भएको बताउँदै यसलाई ‘कर्णाली ब्लुज’संग दाँज्न सकिने समेत धारण राखे । यो उपन्यास भाषिक हिसाबले पनि बलियो रहेको उनको भनाई थियो ।  

लेखक विष्णु ढकाल विगत लामो समयदेखि ग्रामीण बैंकिङ क्षेत्रमा कार्यरत छन् । शिखा बुक्सले प्रकाशन गरेको जौवा उपन्यासको मूल्य रु.५२५ रहेको छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप