आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालले दियो यूएईलाई २३० रनको चुनौती

सोमबार, २२ फागुन २०७९, १५ : ४३
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोललाई २३० रनको चुनौती दिएको छ ।  दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै आठ विकेट गुमाएर २२९ रन जोड्दै यूएईलाई उक्त रनको चुनौती दिएको हो । 
नेपालका लागि सर्वाधिक भीम सार्कीले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रनको योगदान गरे । उनको यो राष्ट्रिय टिमबाट पहिलो अर्थशतक हो । 

यसैगरी आरिफ शेख ५६ बलमा २ चौका र एक छक्काको मद्दतमा ४३ रनमा नटआउट रहँदा ३२ रन जोडेर कुशल मल्ल आउट भए । सन्दीप लामिछानेले २७ रन जोडेर आउट भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप