सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मङ्कीपक्स रोग कसरी सर्छ ?

सोमबार, २२ फागुन २०७९, १७ : ०५
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । मङ्कीपक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । यो रोगलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।  

मङ्कीपक्स रोग कसरी सर्छ ?

–सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा  

–घाउ खटिरा बिमिराको सम्पर्कबाट

–शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्‍यालको सम्पर्कबाट

–भाइरसबाट दूषित सतह र सामाग्रीको प्रत्यक्ष सम्पर्कबाट

सङ्क्रमित बाँदर,मुसा,लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।

निम्न अङ्कबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छन्

–काटिएको बिमिरा वा फुटेको छाला

–आँखा, नाक वा मुख

–श्वासनली

–मङ्कीपक्स रोगका लक्षणहरू केके हुन

–ज्वरो आउनु

–सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला अनुसार हत्केला र पैतालामा डाबर देखा पर्नु

–डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु

–टाउको,ढाड र मांसपेशी दुख्नु

–शरीरका गन्थी बढ्नु 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप