सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

उच्छृङ्खल तरिकाले होली खेलेको आरोपमा राजधानीबाट २१८ जना पक्राउ

सोमबार, २२ फागुन २०७९, १९ : ४४
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । उच्छृङ्खल तवरले होली खेलेको आरोपमा प्रहरीले काठमाडौँबाट २१८ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) हिमालय श्रेष्ठले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरु छन् । उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने एसएसपी श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा प्रहरीले ५ सय ४३ मोटरसाइकल होल्ड गरेको छ । कागजात साथमा नभएका, मापसे गरेर चलाएका र बिना हेल्मेट चलाएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । ती मोटरसाइकल साँझ छाड्न थालिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप