आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सडक बत्तीको महसुल शीघ्र भुक्तानी गर्न विद्युत् प्राधिकरणकाे निर्देशन

मङ्गलबार, २३ फागुन २०७९, ०६ : ३८
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौतामा ठुलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तान गर्न निर्देशन दिएको छ । 

आज एक सूचना जारी गर्दै प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न चेतावनी पनि दिएको छ । जडित सडक बत्तीको विद्युत् खपत मापन गर्न तत्काल मिटर जडान गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । 

सूचनामा भनिएको छ “सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठुलो नोक्सानी व्यहोर्नुपरेको छ । सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला । प्राधिकरणको सहमति नलिई प्राधिकरणले विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला ।” 

bidur

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप