आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा नेपाल प्रहरीलाई सहयोग

मङ्गलबार, २३ फागुन २०७९, १३ : ०२
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौँलाई विभिन्न सामग्री सहयोग गरेको छ ।

बैंकको केन्द्रिय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ्ग बोर्ड, सामाजिक जनचेतनामुलक पुस्तिका, आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर र मास्क हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा प्रहरी चेकिङ्ग गर्न सहयोग पुर्‍याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो । 

सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र, नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका वरिष्ठ प्रहरी नायब निरीक्षक वसन्त थापालाई बैंकका निक्षेप बजारीकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

त्यसैगरि बैंकको शंखमुल शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, टेकुलाई फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुका प्रहरी उपरिक्षक सिताराम रिजाललाई शंखमुल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामाग्री हस्तान्तरण गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप