सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्राडा पोखरेल र विवशलाई शङ्कर लामिछाने पुरस्कार

मङ्गलबार, २३ फागुन २०७९, १४ : ५४
मङ्गलबार, २३ फागुन २०७९

शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९६औँ जन्मोत्सवका अवसरमा वरिष्ठ निबन्धकार प्राडा माधव पोखरेल र नियात्राकार ज्ञानेन्द्र विवशलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सो अवसरमा वरिष्ठ निबन्धकार प्राडा माधव पोखरेललाई नगद रु. पचास हजार राशिसहितको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार २०७९’ प्रदान गर्ने निर्णय गरेको छ । 

यसैगरी प्रतिष्ठानले निबन्ध नियात्राकार ज्ञानेन्द्र विवशलाई नगद रु. पच्चीस हजार राशिसहितको ‘शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार २०७९’ प्रदान गर्ने पनि निर्णय गरेको छ । ती पुरस्कारहरू शङ्कर लामिछानेको जन्मजयन्तीका अवसरमा आगामी २०७९ चैत ५ गते प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको जानकारी दिए । 

यसअघि शङ्कर लामिछाने युवा निबन्ध पुरस्कारबाट निबन्धकारहरु श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमक घिमिरे, भीष्म उप्रेती, डा. दामोदर पुडासैनी, मोमिला जोशी र प्रतीक ढकाल पुरष्कृत भइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप