मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भोलि 'ए' डिभिजनका खेलहरु महिलाले सित्तैमा हेर्न पाउने

मङ्गलबार, २३ फागुन २०७९, २० : ०३
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । बुधबार (भोलि) 'ए' डिभिजनका खेलहरु महिलाले सित्तैमा हेर्न पाउने भएका छन् । 

मार्च ८ का दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साधारण प्याराफिटतर्फ निःशुल्क रुपमा हेर्न पाउने व्यवस्था मिलाइएको हो । 

बुधबार च्यासलमा १ र दशरथ रंगशालामा २ गरी ३ खेल हुनेछन् । २ः३० बजे च्यासलमा नेपाल एपिएफ र सातदोबाटोको खेल हुनेछ । 

साथै, दशरथ रंगशालामा २ः३० मा नेपाल पुलिस क्लब विरुद्ध हिमालयन शेर्पा र साँझ ५ः३० बजे मनाङ मस्याङ्दी र संकटा क्लब बिच खेल हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप