मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

बुधबार, २४ फागुन २०७९, ०८ : ४३
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि चेल्सीले २–० को जित निकालेको छ ।सो जीतसँगै इङ्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरे मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमा रहिम स्टर्लिङ र काई हाभर्टजले गोलमा चेल्सी अन्तिम आठमा पुग्न सफल भएको हो । पहिलो हाफको ४३औँ मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए भने  ५०औँ मिनेटमा चेल्सीले पेनाल्टीको मौका पायो । 

बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएको भन्दै चेल्सीले पेनाल्टीको जोडदार माग गरयो तर रेफ्रीले पेनाल्टी दिन आनाकानी गरिरहे तर चेल्सीले ह्यान्ड बल नै भएको अडान लिए पछि अन्ततः रेफ्रीले भिएआरको सहायता लिँदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थिए । तर, काई हाभर्टजले भने सो पेनाल्टी चुकाए । 

अन्ततः ५३औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै काई हाभर्टजले चेल्सीको अग्रता दोब्बर मात्रै पारेनन्, सो नै पेनाल्टी गोल नै चेल्सीलाई क्वाटर फाइनलमा जानका लागि पर्याप्त भयो ।

चेल्सीको क्वाटर फाइनल यात्रासँगै डर्टमुन्ड भने अन्तिम १६ बाटै बाहिरिन पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप