सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को काठमाडौँ अडिसन चैत्रमा

बुधबार, २४ फागुन २०७९, १५ : ०१
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को काठमाडौँ अडिसन चैत्र ४ र ५ गते हुने भएको छ । आयोजक कम्पनीको अनुसार प्राविधिक कारणहरूले गर्दा अडिसन एक हप्ता पछाडि सरेको हो ।  

अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुलेकाठमाडौँ  आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । 

साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ ।  

त्यस बाहेक ‘मेरो डान्स यूनिभर्स’को संस्कृतिक समूह विधामा सहभागी हुन चहानेले पनि एप मार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ । अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ ।   

यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन्। आयोजकका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। 

साथै फस्ट  रनरअपले ३० लाख  रुपैयाँ र सेकेन्ड रनरअपले  २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख  रुपैयाँ र सेकेन्ड रनरअपले  २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

डान्स यूनिभर्स’को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट  रनरअपले १० लाख  रुपैयाँ  र सेकेन्ड रनरअपले  ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया,  अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप