मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी मेन्स लिग टु

रोहितको नेतृत्वमा नेपाली टोलीको घोषणा, को–को छन् टोलीमा ?

बुधबार, २४ फागुन २०७९, २३ : ११
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । भोलि बिहीबारदेखि टियु क्रिकेट मैदानमा सुरु हुने त्रिदेशीय ‘आईसीसी मेन्स लिग टु’का लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको नेतृत्वमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । भोलि बिहीबारदेखि घरेलु टोली टीयू मैदानमा लिग टु अन्तगर्तको अन्तिम खेलमा पपुवा न्यू गिनी (पीएनजी) र संयुक्त अरब इमिरेट्स(यूएई) विरुद्ध खेल्दैछ । यो प्रतियोगिता लिग टु अन्तर्गतको सबैभन्दा अन्तिम खेल हुनेछ ।

त्रिदेशीय प्रतियोगिताको पहिलो खेलमा पाहुना टोली पीएनजीविरुद्ध नेपालले खेल्नेछ । हालसम्म लिग टुमा नेपालले ३२ वटा खेल खेल्दै ३२ अंक नै बटुलेको छ । यसअवधिसम्ममा नेपालले १५ जित र १५ हारका साथै एक खेल बराबरीमा सकेको छ भने एक खेल रद्ध भएको थियो ।  टियू क्रिकेट मैदानमा हुने ४ वटै खेल जितेमा नेपाल ४० अंकसहित लिग टुको तेस्रो स्थानमा पुग्नेछ । र, यससँगै, आगामी वर्ष सन् २०२४ मा हुने ओडीआई विश्वकप छनौट खेल्न पाउनेछ । यस्तै, हालसम्म रेलिगेसन जोनमा रहेको नेपालले २ खेल मात्रै जिते ओडीआई स्ट्याटस कायम राख्नेछ ।

को–को छन् नेपाली टोलीमा ?
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्सान झा, भिम सार्की र ललित राजवंसी समेतिएका छन् । यस्तै, सन्दीप जोरा, श्याम ढकाल र कमलसिंह ऐरी रिजर्भमा रहेको क्यानले जानकारी दिएको छ ।

cricket

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप