बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, १६ फागुन २०७४, ०६ : २२
बुधबार, १६ फागुन २०७४

आजको राशिफल
बि.स.२०७४ फाल्गुन १६ गते । बुधबार । ईश्वी सन् २०१८ फेब्रुवरी २८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन शुक्ल पक्ष । तिथि त्रयोदशी ०९ घडी ३३,बिहान १० बजेर १८ मिनेट उप्रान्त चतुदर्शी । नक्षत्र अष्लेषा ४६ घडी १८ पला । योग शोभन ०९ घडि ३८ पला,बिहान १० बजेर २० मिनेट उप्रान्त अतिगण्ड । करण तैतिल,बिहान १० बजेर १८ मिनेट उप्रान्त गर,रातको ११ बजेर १४ मिनेट उप्रान्त वणिज । 

आनन्दादिमा राक्षस योग । चन्द्रराशि कर्कट,रातको १ बजेर ०५ मिनेट उप्रान्त सिंह ।
काठमाडौंमा सूर्योदय ६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ०३ मिनेट । दिनमान २८ घडी ४७ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ भने जनताको काम गर्न सक्दा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । आमा तथा आमा सरहका मानिस सँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाथ लिन सकिनेछ ।

शुभ अंक — १

शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापारमा प्रशस्त आम्दानि हुँने हुँनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । 

शुभ अंक — ६

शुभ रंग —  खरानि

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुँनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । 

शुभ अंक — ६

शुभ रंग — निलो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मान,सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउँन सक्छ कामगर्दा साबधानि अपनाउनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाडिनेछन् । पति पत्नि बिच मनमुटाब बड्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानशिक तनाब बढ्नेछ । प्रेममा धोका हुँन सक्छ भने बिद्यामा प्रगति गर्न निकै मेहनेत गर्नुपर्नेछ । 

शुभ अंक — १

शुभ रंग — पिङक

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गर्दापनि आम्दानि थोरै हुँनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशि सस्था तथा नियोग तिर काम पाउँने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आखा सम्बन्धि समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । 

शुभ अंक —५

शुभ रंग —  रातो

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बुवा बाजेको धन सम्पति परिचालन गरि आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा सामिप्ष्ता बढेर जाने योग रहेकोछ ।

शुभ अंक — २

शुभ रंग  — हरियो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अब्बल साबित हुँनुहुनेछ । सत्रु परास्त हुँनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।  व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुँनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

शुभ अंक — ६

शुभ रंग — निलो

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नोकरिमा बढुवा हुँने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउँने हुँदा मन खुसि रहनेछ ।  लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ 

शुभ अंक — ४

शुभ रंग  — कफि

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ ।  बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुँनाले सजक रहनु पर्नेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुँनेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ । बिहानको समय राम्रो रहेकोले कुनै महत्वपुर्ण कामहरु शुरु गर्न सकिनेछ ।

शुभ  अंक — ३

शुभ रंग —  सुन्तला

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको परदेशको यात्रा भएपनि यात्राका क्रममा बिभिन्न समस्याहरु देखा पर्नेछन् । जीवनसाथि एक अर्काबिच अबिश्वास बढ्ने तथा कामहरु प्रभावित हुँने योग रहेकोछ । व्यावसायमा तत्काल ठुलो लगानि नगर्नुहोला लगानि फस्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउँनेछ भने पढाई लेखाईमा कमजोरिको महशुष हुँनेछ । माया प्रेममा अबिश्वास गर्नाले दुरि बढ्नेछ  भने बिभिन्न सामानको प्रयोग गर्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय त्यति राम्रो छैन ।

शुभ अंक —१

शुभ रंग — निलो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथ मावलि पक्षको सहयोग पाईने हुँनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुँनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुँनाले न्याय पाएको अनुभुति हुँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

शुभ अंक — ३

शुभ रंग — खरानि

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बौद्धिकताको लडाईमा तपाईकै नाम उच्च स्थानमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँने हुँनाले दैनिकी सहज हुँनेछ । अध्ययनमा मन जाने हुँनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँनेछ भने उपाहार पाईने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुँनाले ईच्छित कामनाहरु पुरा हुँनेछन् ।

शुभ अंक — ६

शुभ रंग — प्याजी

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप