आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा उच्छृङ्खल गतिविधि गर्ने १७ जना प्रहरीको नियन्त्रणमा

बुधबार, २४ फागुन २०७९, २२ : ४३
बुधबार, २४ फागुन २०७९

जनकपुरधाम । उच्छृङ्खल गतिविधि गरेको आरोपमा धनुषा प्रहरीले बुधवार १७ जनालाई पक्राउ गरेको छ । होली पर्वलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न खटेका प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सार्वजनिक ठाउँमा हो हल्ला गर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको र पक्राउ परेका केहीलाई अभद्र व्यवहारको मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । सामान्य बदमासी गरेकाहरुलाई भने सोधपुछ गरी छाडिने उनले बताए । 

त्यस्तै मादक पदार्थ सेवन गरेको र बिना हेल्मेट मोटरसाइकल चलाएको आरोपमा २९० वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप