आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्टिभ स्मिथले भारत र अस्ट्रेलियाबीचको टेस्ट अघि पिचबारे के भने ?

बिहीबार, २५ फागुन २०७९, ०९ : ०५
बिहीबार, २५ फागुन २०७९

अहमदाबाद । भारत र अस्ट्रेलियाबीचको बोर्डर–गावस्कर टेस्ट ट्रफीको चौथो खेल बिहीबार (मार्च ९) देखि अहमदाबादमा हुँदैछ । सिरिजमा भारतीय टोली २–१ ले अगाडि छ ।

पहिलो दिनदेखि अहमदाबादको पिचमा स्पिनको चर्चा भइरहेका बेला अस्ट्रेलियाका स्ट्यान्ड-इन कप्तान स्टिभ स्मिथले यसलाई शृङ्खलाको उत्कृष्ट ब्याटिङ पिचको संज्ञा दिएका छन्।

खेलको एक दिन अघि मिडियासँग कुरा गर्दै स्मिथले अहमदाबादमा गर्मीका कारण खेल अघि बढ्दै जाँदा पिचमा चिरा पर्ने र बल टर्न सुरु हुने आशा व्यक्त गरे ।

स्मिथले भने, “मलाई लाग्छ अहिले यहाँ ३८ डिग्री तापक्रम छ र धेरै तातो छ। त्यसैले दिनको खेल अघि बढ्दै जाँदा पिच सुक्न थाल्छ । मलाई एक ग्राउन्ड्सम्यानले भनेका थिए कि आज पिचमा पानी हालिनेछ। स्मिथले भने, "हामीले यो पिचले कस्तो व्यवहार गर्छ हेर्नुपर्नेछ, तर यो निश्चित छ कि पहिलो तीन टेष्ट खेलको तुलनामा खेलको पहिलो दिन कम टर्न आउनेछ।"

नागपुरमा ४०० रन बनाउनु ठूलो स्कोर थियो तर मोटेरा (नरेन्द्र मोदी स्टेडियम) मा सहज हुने स्मिथको विश्वास छ । यो सिरिजमा अहिलेसम्म कुनै टोलीले ठूलो स्कोर बनाउन सकेको छैन । पहिलो टेस्ट म्याचमा रोहित शर्माको शतकको मद्दतले टीम इण्डियाले ४०० रनको आँकडा छोएको थियो तर त्यसयता कुनै पनि टोलीले २६३ रनको माथि पुग्न सकेको छैन।

तर, अहमदाबादको पिचलाई लिएर अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले दिएको पहिलो बयानलाई लिएर चर्चा तातो छ । क्रिकेट अष्ट्रेलियासँगको कुराकानीमा स्मिथले खेलको ४८ घन्टाअघिसम्म पिचको बारेमा थाहा नभएको आफूलाई अन्तिम पटक कहिले भएको हो भन्ने याद नभएको जिकिर गरेका थिए । स्मिथले भने, ‘दुई प्रकारका पिच बनाइएका छन् तर कुनमा खेल खेलिने हो थाहा छैन ।’

खेलमा कति स्पिनरलाई खेलाउने भन्ने विषयमा अस्ट्रेलियाली मिडियामा भएको चर्चामा स्मिथले भने, ‘मानिसहरूले तीन फास्ट बलर र एक स्पिनर लिनुपर्छ भनेर भनिरहेका छन् । जबकि अन्तिम ११ इनिङ्स ६ दिनमा मात्रै सकिएको छ । स्पिनरहरूले ठूलो मात्रामा विकेट लिएका छन् ।’  स्मिथ तीन स्पिनरसहित अहमदाबादको मैदानमा उत्रने गर्ने अनुमान गरिएको छ ।

यदि भारतले शृंखलाको अन्तिम टेस्ट जित्यो भने उसले जुनमा लन्डनको ओभल मैदानमा खेलिने आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने छ, जहाँ उसले अस्ट्रेलियासँग खेल्नेछ। रोहित शर्माको नेतृत्वमा भारतले यो खेल जितेर विश्व टेस्ट च्याम्पियनसीपमा स्थान पक्का गर्न चाहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप