आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

चैतदेखि बैंकको ब्याजदर घट्ने

बिहीबार, २५ फागुन २०७९, १३ : १९
बिहीबार, २५ फागुन २०७९

काठमाडौं । आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए) को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो । 

सँगै यता निक्षेपको ब्याजदर समेत ०.४२ प्रतिशतले घटाउने गरी सहमति जुटेको एनबीएका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् मुद्दती निक्षेपमा १२.४१ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । 

यता कर्जातर्फ भने बैंकहरुले ११.५ प्रतिशत हाराहारीको बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लगाइरहेका छन् । तर, अब भने सो ६ प्रतिशतको प्रिमियममा १ प्रतिशत घटाएर कर्जाको ब्याजदर निर्धारण गर्ने तयारी बैंकहरूले गरेको ती सदस्यले रातोपाटीलाई जानकारी दिए । 

योसँगै चर्को ब्याजले समस्यामा परेका ऋणीहरूमा चैतदेखि केही राहत मिल्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप