सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शुक्रबार काठमाडौँमा सांगीतिक प्रस्तुति दिँदै भारतीय गायक ओशो जैन

बिहीबार, २५ फागुन २०७९, १४ : २८
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । भारतीय गायक तथा कवि ओशो जैनले काठमाडौँमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवापुस्ता माझ लोकप्रिय गायक तथा कवि जैनले आफ्नो सांगीतिक समूहसहित प्रिभे नेपाल, सोल्टी काठमाडौँमा भोलि अर्थात फगुन २६ गते शुक्रबार प्रस्तुति दिने भएका हुन् ।

ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् । पहिलो पटक नेपालमा सांगीतक कार्यक्रम गर्न आफू निकै उत्साहित रहेको गायक जैनले बताए ।

कार्यक्रममा नेपाली गायिका सुरक्षा मल्लले गीत गाउनेछिन् । जैनको प्रस्तुतिमा आयोजकले टिकटको पनि व्यवस्था गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप