आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायली सैनिकको गोली लागेर ३ प्यालेस्टाइनीको मृत्यु

बिहीबार, २५ फागुन २०७९, २१ : २३
बिहीबार, २५ फागुन २०७९

रामल्लाह । इजरायली सेनाको गोली लागेर बिहीबार जेनिनको उत्तरी वेस्ट बैंक शहरको दक्षिणस्थित जाबा गाउँमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । 

प्यालेस्टाइनी सुरक्षा स्रोत  र प्रत्यक्षदर्शीहरूले जनाएअनुसार इजरायली सेनाले प्यालेस्टाइनीहरू चढेको गाडीलाई लक्षित गरी गोली चलाउँदा दुवै तर्फबाट गोली हानहान भएको र तीन प्यालेस्टाइनीको मृत्यु भएको हो । 

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आफ्ना सैनिकहरूमाथि आक्रमण गर्न खोजेका संदिग्धहरूलाई पक्राउ गर्न जाबा गाउँमा छापा मारेको र संदिग्धहरूले इजरायली सेनामाथि गोली प्रहार गर्न खोज्दा जवाफी कारबाहीमा तीन जनाको प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ। 

वेस्ट बैंक र पूर्वी जेरुसेलममा इजरायल र प्यालेस्टिनीबीच जनवरीको शुरुदेखि नै तनाव बढिरहेको छ। (रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप