मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पीएनजीद्वारा यूएईलाई २४७ रनको लक्ष्य

शुक्रबार, २६ फागुन २०७९, १३ : १२
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २  अन्तर्गत त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) ले  यूएईलाई २४७ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ गुमाएर  २४६ रन बनाएको छ । 

पीएनजीका लागि सेसे बाउ, किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए । सेसे बाउले ८१ रन बनाए । त्यस्तै हिरि हिरिले ७७ रन बनाउँदा किप्लीन डोरिगाले ५५ रन बनाए । 

यूएईका लागि आयान खानले ३ जुनेद सिद्धिकी र जाहोर खानले समान २–२ विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान ११ विकेट लिए ।   विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा छ । पपुवा न्युगिनि ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप