आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनमा ३ विद्यार्थी संगठनबीच तालमेल

शनिबार, २७ फागुन २०७९, २३ : ०१
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । स्ववियू निर्वाचनमा तीन ठूला विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ ।  आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी उपत्यकाका अन्य ठूला क्याम्पसहरुमा नेविसंघ,अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको हो ।
अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनले त्रिभुवन विश्वविद्यालय(त्रिवि) हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनबीच उपत्यकाका ठुला क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए ।

उनका अनुसार नेविसंघले १५ क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)ले १० क्याम्पस र अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियु सभापति हुनेगरी तालमेल भएको छ ।  नेविसंघले सभापतिमा त्रिचन्द्र, पद्दमकन्या, शंकरदेव, मिनभवन, पशुपति, पाटन, आई ओ एम महाराजगंज, टिचिङ् नर्सिङ् , आयुवेर्द, जनप्रशासन, सरस्वती, ग्रमिण,कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालीमाटी, शिक्षा क्याम्पस थली पाउने छ भने अनेरास्ववियु (क्रान्तिकारी)ले थापाथली, सानोठिमी, पुल्चोक, नेपाल (ल), पब्लिक युथ, विश्वभाषा, एनआर, नेशनल ई., हिमालयन ई. पाउने सहमति भएको छ । साथै, अनेरास्ववियूले आरआर ,ताहाचल, वानेश्वर स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ ।

तीन विद्यार्थी संगठनले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा त्रिविका अतिरिक्त मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा पनि तालमेल गरेर जाने निर्णय भएको उल्लेख छ ।

 

student
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप